You are viewing the translated version of वस्तु वा सेवाको गुणस्तर.

Section 5
वस्तु वा सेवाको गुणस्तर
(१) कुनै वस्तुमा अन्तरनिहित कुनै पदार्थको गुणस्तर वा मापदण्ड निर्धारण भएको रहेनछ भने नेपाल सरकारले त्यस्तो वस्तु वा सेवाको गुणस्तरको मापदण्ड तोकिए बमोजिमको प्रक्रिया पूरा गरी निर्धारण गर्नेछ।
(२) उपदफा (१) बमोजिम कुनै वस्तु वा सेवाको गुणस्तरको मापदण्ड निर्धारण गरेको विषयको सूचना नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।